सर्वाधिक रोजगार दिने हिमालयन लाइफले कर्मचारी सुविधाका लागि छुट्यायो साढे ६४ करोड
काठमाण्डौ । बीमा कम्पनीहरुमा सर्वाधिक रोजगार दिने हिमालयन लाइफ इन्स्योरेन्सले कर्मचारी सुविधाका लागि साढे ६४ करोड रुपैयाँ छुट्याएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कर्मचारी सेवा सुविधाका लागि ६४ करोड ४० लाख ९४ हजार रुपैयाँ छुट्याएको छ । तर यो रकम गत आवको यसै अवधिसम्मको तुलनामा ४.४४ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म कम्पनीले कर्मचारी सुविधाका लागि...