निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य गिरावट, प्रिमियम संकलनमा शिखर नम्बर वान
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य गिरावट आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीको व्यवसाय गत आवको तुलनामा ०.०२ प्रतिशतले गिरावट आएको हो । चालु आवको तेस्रो त्रैमाससम्म १४ निर्जीवन बीमा कम्पनीले ३० अर्ब ७८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत वर्षको यसै अवधिसम्म भने कम्पनीहरुले ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क...