६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा कायम भएकोछ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचक नै घटेका छन् । जीवन बीमा समूह ०.७१ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.३२...

