एक महिनापछि नेप्सेका कर्मचारीले स्थगित गरे आन्दोलन, सीईओ नियमित काममा फर्किए
काठमाण्डौ । एक महिनाभन्दा लामो समयदेखि आन्दोलनरत नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले विरोधका कार्यक्रम स्थगित गरेका छन् । बोनसको विषय र नेप्सेका सीईओ र अध्यक्षको राजिनामा माग राख्दै उनीहरू विगत ३७ दिनदेखि आन्दोलनमा थिए । कर्मचारीको बोनसको विषयमा श्रम अदालतको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि बोलाएसँगै नेप्से कर्मचारी संघले विरोधका...

