आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले यही मंसिर २२ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै संस्थाले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

