सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको मूल्य आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

