दैनिक नयाँ रेकर्ड राख्दै सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ २ हजार ६ सय रुपैयाँले बढेसँगै नयाँ उचाईमा पुगेको हो । आज सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको भाउ लगातार ४ दिन रेकर्ड कायम गर्न सफल भएको छ ।

