विश्वभर लग्जरी घडी चोरीको घटना बढ्दै, एकै वर्षमा १० हजार बढी लुटिए
काठमाण्डौ । आजभोलि लग्जरी घडीहरू केवल समय हेर्ने वा धन देखाउने साधनका रुपमा मात्र सीमित छैनन् । वर्तमान समयमा मोटो दाम पर्ने लक्जरी घडीहरु लगानीको साधन समेत बनिरहेका छन्। यही कारणले गर्दा यी घडीहरू अपराधीहरूको निशानामा पर्न थालेका छन्।अन्तर्राष्ट्रिय वाच ट्र्याकिङ प्लेटफर्म ‘द वाच रजिष्टर’को रिपोर्ट अनुसार, २०२५ मा विश्वभर १० हजारभन्दा बढी महँगा घडीहरू चोरी वा हराएका...

