सेयर बजारको माहौल फेरिदै, लगानीकर्ता भन्छन्,‘भारतको बजार घट्दा नेपालको बढ्यो’
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जीरोलाई विभिन्न ब्रोकर हाउसहरुमा पुगेर सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले पुतलीसडक आसपासका केही ब्रोकरहाउसहरुमा पुगेर बजारको विषयमा लगानीकर्ता तथा ब्रोकर सञ्चालकरुको बिचार बुझ्ने प्रयास गरेका छौं । राजधानीमा अघिल्लो दिन हिँउदे वर्षा भएको कारण होला आज बाहिरी सडक निकै...