सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीयका लागि आईपीओ जारी गरेको थियो ।कम्पनीले उद्योग प्रभावित स्थानीयका लागि ९ लाख ३० हजार कित्तासेयर निष्कासन गरेको हो ।