७७३ दिनमा नेप्सेले १४ पटक मात्र देख्न पायो २२०० को मुख, अब कता जाला ?
काठमाण्डौ । बढेपछि घट्ने र घटेपछि बढ्ने सुन्दर विशेषता बोकेको सेयर बजारमा उत्साहपूर्ण यात्राको सुरुवात भएको छ । लामो समयसम्म १८१५ देखि २२०० आसपासमै अल्झिरहेको बजार उछालको गतिमा दौडिएर ७७३ दिनकै उच्च विन्दूमा पुगेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले बन्न लागेको एमाले कांग्रेस गठबन्धनको सरकारलाई हरियो कार्पेटले स्वागत गरेको छ ।