नयाँ स्टक एक्सचेञ्ज रोक्ने षड्यन्त्र: नीति तथा कार्यक्रमबाट पनि हटाइयो अजेण्डा
काठमाण्डौ । सरकारले षड्यन्त्रमूलक ढंगले केही व्यवसायिक घरानाको इशारामा नयाँ स्टक एक्सचेञ्जको विषयलाई आफ्नो नीति तथा कार्यक्रमबाट पनि हटाएको छ । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा समेत नयाँ स्टक एक्सचेञ्जको विषयलाई नराखी भएकै स्टक एक्सचेञ्जको पुनरसंरचनाको विषयमा मात्र राखिएको थियो ।