सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा दुई लघुबीमक
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.५४ प्रतिशत र निर्जीवन बीमा उपसमूह २.७७ प्रतिशतले बढेको छ...