१०० अंकको उचारचढाव भएको नेप्सेमा अन्ततः दोहोरो अंकको वृद्धि, जानकार भन्छन्,‘सचेत रहन आवश्यक’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात ३५.५५ अंकले बढेर २ हजार ६९६.६५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४८५.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता...