आईतवार, मंसिर ९,२०८१ 11:49:46
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 11:49:46
पाँच साता लगातार बढेको बजार आगामी साता कस्तो रहला ? यस्तो छ प्राविधिक विश्लेषण
STOCK MARKET

पाँच साता लगातार बढेको बजार आगामी साता कस्तो रहला ? यस्तो छ प्राविधिक विश्लेषण

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ५६८.१३ को बिन्दुमा बन्द भएको बजार यो साता २ हजार ७५५.६२ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १८७.४९ अंकको बढोत्तरी आयो ।अघिल्लो साता करिब १४३.८१ अंकले बजारमा बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ३ वर्ष पछिकै उच्च अर्थात ९६.३१ अर्बको...

नेप्सेमा समता घरेलु लघुवित्तको नाममा १४.८४ लाख कित्ता सेयर सूचीकृत, मनकामना स्मार्टको सूचीकरण खारेज
STOCK MARKET

नेप्सेमा समता घरेलु लघुवित्तको नाममा १४.८४ लाख कित्ता सेयर सूचीकृत, मनकामना स्मार्टको सूचीकरण खारेज

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा समता घरेलु लघुवित्तको नाममा १४ लाख कित्ता बढी सेयर सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा संस्थाको नाममा १४ लाख ८४ हजार ७८५ कित्ता सेयर सूचीकृत भएको हो । साविकको समता घरेलु लघुवित्तले मनकामना स्मर्ट लघुवित्तलाई १ः१ अनुपातमा प्राप्ति गरेपश्चात मनकामना स्मार्ट लघुवित्तको नाममा रहेको उक्त सेयर समता घरेलु लघुवित्तको नाममा थपिएको हो ।  

आइतबार सेयरबजार बन्द हुने
STOCK MARKET

आइतबार सेयरबजार बन्द हुने

काठमाण्डौ । आइतबार सेयरबजार बन्द हुने भएको छ । साउन २० गते मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेकाले सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको हो ।  आइतबार सार्वजनिक बिदा परेकाले सेयरबजार लगायत अन्य वित्तीय संघ संस्थाहरु समेत बन्द हुनेछन्  । बिदा हुने सूचना नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समेत आफ्नो वेबसाइटमा राखेको छ ।  

जापानको सेयर बजारमा पहिरो जारी, आज अधिकांश एशियाली बजारमा गिरावट
STOCK MARKET

जापानको सेयर बजारमा पहिरो जारी, आज अधिकांश एशियाली बजारमा गिरावट

काठमाण्डौ । जापानको सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । अघिल्लो दिन घटेको जापानको सेयर बजारमा आज पनि व्यापक गिरावट आएको छ ।  निक्की२२५ आज ५ प्रतिशतले घटेको छ । यससँगै निक्की२२५ इन्डेक्स ३६ हजार ३०० अंकमा सीमित बनेको छ । यो गिरावट गत फेब्रुअरी पछिकै उच्च हो । बिहिबार पनि निक्की२२५ २.६२ प्रतिशतले घटेको थियो ।  

मातृभूमि लघुवित्तले माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?
STOCK MARKET

मातृभूमि लघुवित्तले माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?

काठमाण्डौ । साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एक आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्तले प्रमुख कार्यकारी अधिकृत(सीईओ) माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै सीईओ पदका लागि दरखास्त आह्वान गरेको हो ।  सीईओ पदका लागि चाटर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय,मौद्रिक,अर्थशास्त्र,वाणिज्यशास्त्र,लेखाशास्त्र तथ्यांकशास्त्र,गणितशास्त्र,व्यापार...

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह
STOCK MARKET

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  बैंकबाट लाभांश पूर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पूर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र/डिम्याट खाताको विवरण,...

फेदीखोला जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी, आईपीओ निष्कासन गर्ने तयारी
STOCK MARKET

फेदीखोला जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी, आईपीओ निष्कासन गर्ने तयारी

काठमाण्डौ । फेदीखोला (थुम्लुङ) जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । ४.३ मेगावाट क्षमताको यो आयोजनाको लगानीका लागि फेदीखोला (थुम्लुङ) हाइड्रोपावर कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता सम्पन्न भएको छ ।  बिहीबार सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्रकाश चन्द्र दुलाल र बैंकका तर्फबाट पुर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञावालीले हस्ताक्षर गरे । बैंकले ५० करोड...

सर्वसाधारणका लागि निफ्राको १.०८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया लघुवित्त
STOCK MARKET

सर्वसाधारणका लागि निफ्राको १.०८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया लघुवित्त

काठमाण्डौ ।  एनआईसी एशिया लघुवित्तले नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थाले आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि खरिद आवेदन खुलाएको जनाएको छ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी...

एनआईसी एशिया ग्रोथ फण्ड–२ ले २६.०९% ले बढायो लगानीको भ्यालु, वाणिज्य बैंकको सेयर थप्दै
STOCK MARKET

एनआईसी एशिया ग्रोथ फण्ड–२ ले २६.०९% ले बढायो लगानीको भ्यालु, वाणिज्य बैंकको सेयर थप्दै

काठमाण्डौ । म्युचुअल फण्डहरुमध्ये सर्वाधिक लगानीको भ्यालु बढाउने एनआइसी एशिया ग्रोथ फण्ड–२ ले वाणिज्य बैंकहरुको सेयरमा गरेको लगानीबाट मात्रै ३५.९१ प्रतिशत भ्यालु बढाएको छ ।  फण्डले असार मसान्तसम्म विभिन्न सूचीकृत कम्पनीहरुको सेयरमा गरेको लगानीको भ्यालु ४६ करोड ७० लाख रुपैयाँ पुगेको छ । यो जेठ महिनाको तुलनामा २६.०९ प्रतिशतले बढी हो । जेठ महिनामा सोे फण्डले सेयरमा गरेको...

आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटाबाट उच्च बिक्री, ५ वटाबाटै खरिद
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटाबाट उच्च बिक्री, ५ वटाबाटै खरिद

काठमाण्डौ । आजका उच्च कारोबार गर्ने १० शीर्ष  ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च कारोबार गर्ने नासा सेक्युरिटिजले आज पनि २ अर्ब ८७ करोड रुपैयाँबराबरको कारोबार गरेको छ । यस ब्रोकरबाट आज १ अर्ब १५ करोडको खरिद र १ अर्ब ७२ करोडबराबरको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब १५ करोड रुपैयाँबराबरको खरिद र ९० करोड...

१३ दिनमा ३० हजार जनाले लिए नयाँ डिम्याट र मेरो सेयर
STOCK MARKET

१३ दिनमा ३० हजार जनाले लिए नयाँ डिम्याट र मेरो सेयर

काठमाण्डौ । सेयर बजारको पछिल्लो वृद्धिले आम सर्वसाधारण समेत पूँजी बजारप्रति आकर्षित भएका छन् । यतिबेला ब्रोकर हाउसहरुमा फिल्म हलको झल्को दिने गरी लगानीकर्ताहरु डिस्प्लेमा झुम्मिएका भेटिन्छन् । यससँगै क्यापिटल र ब्रोकर हाउसहरुका डीपीमा लगानीकर्ताहरुको संख्या निकै बढेको देखिन्छ ।  साउन १ गतेदेखि सुरु भएको यस आर्थिक वर्षमा अहिलेसम्म सार्वजनिक बिदा कटाएर  १३ दिन सेयर...

यी हुन् बढ्दो बजारमा लगानीकर्ताले रोजेका १० कम्पनी
STOCK MARKET

यी हुन् बढ्दो बजारमा लगानीकर्ताले रोजेका १० कम्पनी

काठमाण्डौ । बढ्दो बजारमा सक्रिय लगानीकर्ताहरुले आफूलाई मन परेको सेयरको विषयमा आफ्नो मत व्यक्त गरेका छन् ।  बिजशालाले केही दिनअघि गुगल फर्म भराई गरेको सर्वेक्षणका क्रममा लगानीकर्ताहरुको रोजाईमा परेका १० कम्पनीको सूची तयार भएको बछ । 

सेयर बजारमा चिया पसलेदेखि तरकारी व्यवसायीसम्मको प्रवेश, मोफसलमा समेत आकर्षण बढ्दै
STOCK MARKET

सेयर बजारमा चिया पसलेदेखि तरकारी व्यवसायीसम्मको प्रवेश, मोफसलमा समेत आकर्षण बढ्दै

काठमाण्डौ । नेपालको सेयर बजारमा अहिले दैनिकजसो उछाल आईरहेको छ । कारोबारले पनि नयाँ फड्को मारेको छ । सेयर बजारको चर्चा अहिले चिया पसलदेखि तरकरी पसलसम्म हुन थालेको छ ।  बुधबार २१ अर्ब ९१ करोडबराबरको कारोबार भएको बजारमा आज साताको अन्तिम कारोबार दिन २१  अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ । आज बजार पूँजीकरण ४३ खर्ब ७२ अर्ब पुगेको छ ।यसरी दैनिक बजारमा उछाल आँउदा ब्रोकर...

कामदारलाई उपहार दिने तय भएको १३ अर्ब डलर मूल्यबराबरको सेयर गायब
STOCK MARKET

कामदारलाई उपहार दिने तय भएको १३ अर्ब डलर मूल्यबराबरको सेयर गायब

काठमाण्डौ । कल्पना गर्नुस त, यदि करडौ मूल्य पर्ने सेयर रातारात गायब भयो भने तपाई के गर्नुहुन्छ ? एक जना अरबपतिले आफ्नो मालीलाई १३ अर्ब डलर मूल्यबराबरको सेयर उपहारको रुपमा दिने बाचा गरेका थिए । तर अहिले यो सेयर गायब भएको छ । यो घटना फ्रान्सको हो ।  यो घटना फ्रान्सको चर्चित फेशन कम्पनी हरमेसका मालिक निकोलस प्युचसँग जोडिएको छ । प्युच दिग्गज फ्रान्सेली उद्योगपति मध्ये एक हुन् । गत...

नेप्सेमा सामान्य करेक्सन, जानकार भन्छन् ‘बजार बुलिस ट्रण्डमै भएकाले राम्रा कम्पनीमा लगानी गर्ने अवसर’
STOCK MARKET

नेप्सेमा सामान्य करेक्सन, जानकार भन्छन् ‘बजार बुलिस ट्रण्डमै भएकाले राम्रा कम्पनीमा लगानी गर्ने अवसर’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.२९ अंकले घटेर २ हजार ७५५.६२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४९२.७५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ५ करोड १३ लाख २१ हजार ६२९...

हिमाल दोलखा हाईड्रोपावरको कार्यकारी अध्यक्षमा रञ्जाना दाहाल नियुक्त
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरको कार्यकारी अध्यक्षमा रञ्जाना दाहाल नियुक्त

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष(प्रबन्ध सञ्चालक)मा रञ्जाना दाहाल नियुक्त भएकी छन् ।  कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

दिव्यश्वरी हाईड्रोपावर ३.९१ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर
STOCK MARKET

दिव्यश्वरी हाईड्रोपावर ३.९१ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेड ३ करोड ९१ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आव २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदनमा यस्तो देखिएको हो ।  अपरिष्कृत प्रतिवेदनअनुसार कम्पनीको घाटा बढ्नुका साथै विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि कमी आएको छ । आम्दानीमा कमी आउनुका साथै कम्पनीको खर्च समेत बढेको छ ।  

समाज लघुवित्तले डाक्यो विशेष साधारण सभा, जारी पूँजी वृद्धि गर्ने मुख्य अजेण्डा
STOCK MARKET

समाज लघुवित्तले डाक्यो विशेष साधारण सभा, जारी पूँजी वृद्धि गर्ने मुख्य अजेण्डा

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । साउन १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले यहि साउन ३२ गते शुक्रबारका दिन सलार्ही जिल्लाको मलंगवामा रहेको जानकी फेमिली होटल एण्ड पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा बिहानको ११ बजेबाट सुरु हुनेछ ।  

साढे २ घण्टामा झण्डै १३ अर्बको कारोबार, अघिल्लो दिनको रेकर्ड ब्रेक होला ?
STOCK MARKET

साढे २ घण्टामा झण्डै १३ अर्बको कारोबार, अघिल्लो दिनको रेकर्ड ब्रेक होला ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आज पनि उच्च कारोबार भईरहेको छ । नेप्सेमा कारोबार खुलेको साढे २ घण्टाको अवधिमा १२ अर्ब बढीको कारोबार भएको छ ।  नेप्सेमा १२ अर्ब ८४ करोडको कारोबार भएको छ । अघिल्लो दिन नेप्सेमा हालसम्मकै उच्च कारोबार भएको थियो । हिजो नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख बढीको कारोबार भएको थियो । त्यसअघि विसं २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड बढीको कारोबार...

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?
STOCK MARKET

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । एनआईसी एशिया बैंक बैंकद्वारा प्रवर्द्धन गरिएको तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फण्ड), एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड,एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.