उत्पादन सुरु गरेका हाइड्रोले मात्रै आईपीओ जारी गर्न पाउने, सेबोन अध्यक्षले खोले जवाफी फायर
काठमाण्डौ । रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनमा लैजाने निर्णयसहित नेपाल धितोपत्र बोर्डले उत्पादन सुरु गरेका जलविद्युत कम्पनीहरुलाई मात्र आईपीओ निश्कासन गर्न दिने भएको छ । ‘जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र प्राथमिक निश्कासन गर्न पाउने व्यवस्था गर्ने’ भन्ने आयोगको सुझाव कार्यान्वयनमा लैजाने र...