सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ
काठमाण्डौ । साताको तेस्रो कारोबार सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचमध्ये आज म्युचुअल फण्ड समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक...