१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ९ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ४ वटा समूह राताम्य भएका छन् । बीमा समूहका...