हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) माघ १३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको कम्पनीले जनाएको छ। सो विवरणहरु...