काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.३७ रुपैयाँ र बिक्रीदर १३५.९७ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४२.१७ रुपैयाँ र बिक्रीदर १४२.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.८३ रुपैयाँ र बिक्रीदर १७१.५९ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६.१४ रुपैयाँ र बिक्रीदर ८६.५२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८६ रुपैयाँ र बिक्रीदर ३७.०२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.४२ रुपैयाँ र बिक्रीदर ३०.५६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.१३ रुपैयाँ र बिक्रीदर ३७.३० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.७६ रुपैयाँ र बिक्रीदर ४४१.७० रुपैयाँ कायम भएको छ ।