काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४९ रुपैयाँ र बिक्रीदर १३६.०९ रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत मंसिर २८ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.४८ बिक्रीदर १३६.०८ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४२.१३ रुपैयाँ र बिक्रीदर १४२.७६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.४० रुपैयाँ र बिक्रीदर १७२.१६ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६.०८ रुपैयाँ र बिक्रीदर ८६.४८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८९ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.४३ रुपैयाँ र बिक्रीदर ३०.५६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.१३ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.२० रुपैयाँ र बिक्रीदर ४४२.१५ रुपैयाँ कायम भएको छ ।