काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.९० रुपैयाँ र बिक्रीदर १३६.५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४१.३२ रुपैयाँ र बिक्रीदर १४१.९४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.४४ रुपैयाँ र बिक्रीदर १७१.१९ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.९५ रुपैयाँ र बिक्रीदर ८५.३३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७.१६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२७ रुपैयाँ र बिक्रीदर ३०.४० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४१.०२ रुपैयाँ र बिक्रीदर ४४२.९७ रुपैयाँ कायम भएको छ ।