काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.०३ रुपैयाँ र बिक्रीदर १३६.६३ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४१.६४ रुपैयाँ र बिक्रीदर १४२.२७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.७२ रुपैयाँ र बिक्रीदर १७१.४७ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.८९ रुपैयाँ र बिक्रीदर ८५.२६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.२० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३२ रुपैयाँ र बिक्रीदर ३०.४५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३२ रुपैयाँ र बिक्रीदर ३७.४९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४१.५१ रुपैयाँ र बिक्रीदर ४४३.४६ रुपैयाँ कायम भएको छ ।