काठमाण्डौ । डलरको भाउ दुई वर्षकै उच्च नजिक पुगेको छ । शुक्रबार डलरको मूल्य अन्य ६ वटा मुद्राको तुलनामा दुई वर्षकै उच्च नजिक पुगेको हो ।
लगानीकर्ताले अमेरिका र अन्य विश्वबीचको आर्थिक वृद्धिको खाडल बढ्ने सम्भावना देखेसँगै डलरको मूल्य वृद्धि भएको हो । शुक्रबार डलर इन्डेक्स सन् २०२२ पछिकै उच्च कायम भएको छ । आज युरो प्रतिडलरको तुलनामा १.०२२४८ मा झरेको छ । जुन सन् २०२२ पछिकै न्यून हो ।
अघिल्लो कारोबारमा युरो १.०२८० र पाउन्ड १.२३९२ कायम थियो । तर डलर निरन्तर बलियो बन्दै मार्केट मुडलाई नियन्त्रणमा राख्न सफल भएको छ ।
डोनाल्ड ट्रम्पले ल्याउन सक्ने नीतिहरुका कारण आर्थिक वृद्धिमा टेवा पुग्ने भएकाले अमेरिकी केन्द्रीय बैंकले थौपटक ब्याजदरमा कटौती गर्नसक्ने सम्भावन तथा अमेरिकी ट्रेजरीको बढ्दो प्रतिफल र युरोपेली केन्द्रीय बैंकले समेत ब्याजदर कटौती गर्नसक्ने भएकाले सन् २०२४ को अन्त्यदेखि देखि नै डलरको मूल्य बढ्न थालेको थियो ।
बढ्दो सेयर बजारको प्रभाव विश्वको सेयर बजारमा समेत देखिन थालेको छ । शुक्रबार युरोपेली सेयर मापक इन्डेक्स स्टकएक्स ०.३ प्रतिशतले घटेको छ । अघिल्लो दिन भने स्टकएक्समा वृद्धि देखिएको थियो । यद्यपी शुक्रबार अमेरिकी एस एण्डपी र नास्डक दुवै करिब ०.४ प्रतिशत।ले बढेका छन् ।
चीनको ब्लूचिप इन्डेक्स सीएसआई३०० यो साता समग्रमा ५.२ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०२२ अक्टोबर पछिकै उच्च हो । चिनियाँ येन पनि डलरको तुलनामा कमजोर बन्दै प्रतिडलर ७.३ येन कायम भएको छ । यो भनेको १४ महिनाकै न्यून हो ।
राजनीतिक संकटका बाबजुत आज दक्षिण कोरियाको सेयर बजार भने १.७९ प्रतिशतले बढेको छ । यस्तै आज भारतका सेयर बजार सेन्सेक्स इन्डेक्स र निफ्टी५० क्रमशः०.९० र ०.७६ प्रतिशतले घटे । आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ पनि ०.९६ प्रतिशतले घटेको छ ।