काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस २६ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.०६ रुपैयाँ र बिक्रीदर १३७.६६ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४१.१८ रुपैयाँ र बिक्रीदर १४१.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.३९ रुपैयाँ र बिक्रीदर १६९.१२ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.९३ रुपैयाँ र बिक्रीदर ८५.३० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६८ रुपैयाँ र बिक्रीदर ८.७२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३२ रुपैयाँ र बिक्रीदर ३७.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६९ रुपैयाँ र बिक्रीदर १८.७७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.४४ रुपैयाँ र बिक्रीदर ३०.५७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५९ रुपैयाँ र बिक्रीदर ३७.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.४३ रुपैयाँ र बिक्रीदर ४४६.३८ रुपैयाँ कायम भएको छ ।