काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.२५ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४१.४० रुपैयाँ र बिक्रीदर १४२.०२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.७४ रुपैयाँ र बिक्रीदर १६९.४८ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.९५ रुपैयाँ र बिक्रीदर ८५.३२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६८ रुपैयाँ र बिक्रीदर ८.७२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५२ रुपैयाँ र बिक्रीदर ३०.६६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.९९ रुपैयाँ र बिक्रीदर ४४६.९३ रुपैयाँ कायम भएको छ ।