मंगलवार, भाद्र २,२०८३ 12:06:48
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 12:06:48
Bizshala
Global IME Bank Limited

अमेरिकामा टिकटक इन्स्टल भएका आईफोन ५ मिलियन डलरसम्म बिक्रीमा

अमेरिकामा टिकटक इन्स्टल भएका आईफोन ५ मिलियन डलरसम्म बिक्रीमा
New Office

काठमाण्डौ । अमेरिकामा टिकटक इन्टल भएका आईफोनहरु महङ्गो मूल्यमा बिक्रीमा राखिएका छन् । केही दिनअघि अमेरिकामा छाटो समयका लागि टिकटक बन्द भएसँगै टिकटक डाउनलोड भएका आईफोनहरु अनलाइनमार्फत महङ्गो मूल्यमा बिक्रीमा राख्न थालिएको हो ।  

अमेरिकामा अहिले एप्पलस्टोरमा टिकटक एप उपलब्ध छैन । जसको अर्थ पहिलोपटक टिकटक डाउनलोड गर्न चाहने वा पहिलो डिलिट गरेर फेरि डाउन गर्न चाहनेले गर्न सकिरहेका छैनन् ।  

Bizshala
CG Motors

यहि मौकाको फाइदा उठाउँदै केही आईफोन प्रयोगकर्ताहरुले अनलाइन प्लेटफर्ममार्फत टिकटक डाउनलोड भएका आफ्ना आईफोनहरु बिक्रीमा राखेका छन् । यस्तो फोनको न्यूनतम मूल्य १ हजार डलर बढी राखिएको छ । केहीले त सम्भावित खरिदकर्ताका लागि बेस्ट अफर अप्सन समेत दिईरहेका छन् ।  

एकजना आईफोन प्रयोगकर्ताले आफूसँग भएको टिकटक र क्यापकट भएको आईफोन १५ ४.९ मिलियन डलरसम्म बिक्रीमा राखेको मिडिया रिपोर्टमा जनाइएको छ ।  

अमेरिकामा जनवरी १८ मा टिकटक बन्द भएको थियो । यद्यपी यो प्रतिबन्द लामो समयसम्म भने रहेन । जनवरी १९ मा टिकटक फेरि खुलेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई अमेरिकी स्वामित्वकर्ता खोज्न ७५ दिनको समयावधि दिएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.