आईतवार, श्रावण १०,२०८३ 03:16:52
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:16:52
Bizshala
Global IME Bank Limited

विभिन्न खेल आयोजनाका लागि चेम्बर अफ कमर्सको सहकार्य

विभिन्न खेल आयोजनाका लागि चेम्बर अफ कमर्सको  सहकार्य
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सो सँग सम्वन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासँग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  

नेपाल स्पोर्टस कन्क्लेभ २०२५, नेपाल दोस्रो स्पोर्टस एण्ड फिटनेस एक्स्पो २०२५ एवं पाँचौं स्पोर्टस च्याम्पियनसिप एण्ड एक्सोका लागि सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रिका अध्यक्ष सुरज डंगोल, यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरन्जन राजवंशी र माईस इन्टरनेशनलका निर्देशक दिपक थापाले हस्ताक्षर गरेका छन् । सो हस्ताक्षर कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राको सहभागिता थियो ।  

चेम्बर अफ कमर्स र खेलकुदका विभिन्न निकायबीच भएको सम्झौताले नेपालमा खेल क्षेत्रको विकास, अवसरहरुको सिर्जना एवं नीतिगत तवरमा सहकार्य हुने विश्वास गरिएको छ । चेम्बरसँग गरिएको सम्झौतापछि सरोकारवाला सबै निकायलाई एकीकृत गरी खेलकुद क्षेत्रको विकास गर्न रणनीतिक साझेदारीमा महत्पुर्ण उपलव्धी हासिल हुने अपेक्षा गरिएको छ ।  

दोस्रो नेपाल स्पोर्टस कन्क्लेभमा समूहगत छलफल, कार्यपत्र प्रस्तुती लगायतका कार्यका लागि चेम्बर अफ कमर्सले सहकार्य गर्नेछ ।

यस्तै दोस्रो नेपाल फिटनेस एक्स्पोमा खेलाडी एवं फिटनेश उद्योगी, नयाँ खोज एवं फिटनेश क्षेत्रको बारेमा वृहत जानकारी दिने उदेश्य राखिएको छ ।

यस्तै, चेम्बसँको सहकार्यमा पाँचौं स्पोर्टस् च्याम्पियनसिपको समेत आयोजनाको तयारी भएको छ । चेम्बर अफ कमर्स र विभिन्न खेलकुदका संस्थाबीच आगामी ३ वर्षका लागि सहकार्यको सम्झौता भएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सहकार्यले नेपालको खेलक्षेत्र र अर्थतन्त्रमा महत्वपुर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.