काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै र खर्च घटेसँगै साहस उर्जा कम्पनी लिमिटेडको नाफामा सुधार आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७० करोड ९८ लाख रुपैयाँबराबरको खुद नाफा आर्ज गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५४.७८ प्रतिशतले बढेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४५ करोड ८६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि ५.३४ प्रतिशतले बढेको छ । विद्युत बिक्री आम्दानी १ अर्ब ५३ करोड रुपैयाँबाट बढेर १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १८ लाख ८९ हजार रुपैयाँबराकरको अन्य आम्दानी आर्जन गरेको छ ।
यो अवधिमा कम्पनीको प्रशासनिक खर्च ४ करोड ९४ लाख रुपैयाँबाट घटेर ४ करोड १२ लाख र स्टाफ बोनस १ करोड ४५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा २ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३७.५६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६८.४२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १७८.९० र तरलता अनुपात ०.५६ प्रतिशत रहेको छ ।