काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.८३ र बिक्रीदर १३९.४३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.७१ रुपैयाँ र बिक्रीदर १३९.३१ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.९० रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७४.९५ रुपैयाँ र बिक्रीदर १७५.७१ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.२६ रुपैयाँ र बिक्रीदर ८८.६४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८० रुपैयाँ र बिक्रीदर ३७.९६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२३ रुपैयाँ र बिक्रीदर ३१.३६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०९ रुपैयाँ र बिक्रीदर ३८.२५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.८७ रुपैयाँ र बिक्रीदर ४५१.८१ रुपैयाँ कायम भएको छ ।