काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहिबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ फागुन २२ गते बिहान साढे ८ बजे बाँडफाँड हुने भएको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ जना आवेदकबाट २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन १३.२७ गुणा बढी हो । यसर्थ आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने देखिएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
आवेदन दिएका आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने १७ लाख १७ हजार ४७७ जनाको हात खाली हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।