बुधबार, आश्विन २८,२०८३ 06:59:13
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:59:13
Bizshala
Global IME Bank Limited

सिद्धार्थ केवलकारले डाक्यो एजीएम, हकप्रद निष्कासन तथा रु.१५० करोडको लगानीमुलक कम्पनी स्थापना गर्ने विशेष प्रस्ताव

Bizshala
सिद्धार्थ केवलकारले डाक्यो एजीएम, हकप्रद निष्कासन तथा रु.१५० करोडको लगानीमुलक कम्पनी स्थापना गर्ने विशेष प्रस्ताव
New Office

काठमाण्डौ । सिद्धार्थ केवलकार लिमिटेडले आगामी चैत १९ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको द फ्लामिङ्गो होटलमा दिउँसो १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि सहित कम्पनीको प्रबन्ध पत्रको विभिन्न दफा तथा नियमावलीको नियम संसोधन गर्ने र संसोधन सहितको एकिकृत प्रबन्ध पत्र र नियमावली बनाई लागु गर्ने, कम्पनीले प्रभु केवलकार एण्ड टुरिजमसहित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड प्रभु होल्डिङ्गस एण्ड हाइड्रो डेभलपमेण्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्गस एण्ड पावर डेभलपमेण्ट कम्पनी लिमिटेडसँग गरेको सम्झौतालाई कम्पनीको नियमावलीको नियम ५० मा समावेश गरि कार्यान्वयन गर्ने र कम्पनीका सेयरधनीहरुलाई कम्पनीको चुक्तापूँजी रु.१२७५ करोडको आधारमा कायम भएको सेयर लागतको सेयर संख्याको आधारमा १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीको चुक्ता पूँजी भन्दा बढी धितो राखी वा नराखी बैंक ऋण लिने र कम्पनीको मातहतमा रु.१५० करोडको चुक्ता पूँजी रहने गरी लगानी मुलक कम्पनी स्थापना गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा आव २०८०/८१ को वार्षिक साधारण सभाको लागी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको असार मसान्त वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X