काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले ‘डायस्पोरा खाता’सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले ‘वन स्टप सोलुसन’ सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा सञ्चालनमा ल्याएको हो ।
गैर–आवासीय नेपाली तथा नेपाल बाहिर बसेर नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी÷लगानीकर्ताहरूका लागि यो खाता सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । नेपाल बाहिर बसेर व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु क्यापिटलमार्फत गर्न सकिने व्यवस्था यो खाताको विशेषता रहेको क्यापिटलले जनाएको छ ।
उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृत रुपमा वित्तीय, कानूनी र कम्पनी सञ्चालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्ने क्यापिटलका सीओओ प्रज्ञरत्न शाक्यले बताए ।
यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर–आवासीय नेपालीहरू र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू लगायत विश्वभर छरिएर बसोवास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा सञ्चालन गर्नको लागि सहजिकरण गर्नका लागि क्यापिटलले यो खाता सञ्चालनमा ल्याएको शाक्यले बताए ।
डायस्पोरा खाता सेवाको मुख्य विशेषताहरुः
लन्च प्याड (स्टार्टअप आवश्यक) :कम्पनी दर्ता, कम्पनीको मूल्याइन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने ।
ग्रोथ क्याटालिस्ट (व्यवसाय विस्तारः इक्विटी लगानी, इक्विटी÷उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी सम्बन्धमा परामर्श ।
क्यापिटल एज (बजार पहुँच): निष्कासन तथा बिक्री प्रबन्धक, आरटीए/आरटीएस सेवाहरू, पूंजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन ।
इनसाइट३६० (परामर्श सेवाः वित्तीय विश्लेषण, कम्पनी मूल्याइन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श ।
परामर्श किन लिने: डायस्पोरा संग सम्बन्धित सम्पूर्ण विषयम ‘वन स्टप सोलुसन’ ।
सम्बन्धित क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरु मार्फत सेवा उपलब्ध ।
कम्पनी स्थापना वा विस्तार, आइपीओ निष्काशन गर्नेदेखि धितोपत्रको दोश्रो बजारमा सूचीकरण गरी शेयरधनी विवरण अद्यावधिक गरी राख्ने सम्मको कार्य एकिकृत रुपमा लिन सकिने ।