काठमाण्डौ । २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको ‘नथिङ फोन थ्रि ए’ नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो ।
विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्याधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको कम्पनीले दाबी गरेको छ । गएको मार्च ५ देखि प्रि–बुकिङ सुरु गरिएको नथिङ फोन थ्रि ए को प्रि–बुकिङ दोश्रो दिन नै बन्द गरिएको थियो । लिमिटेड स्टकमा दिएको एक्साईटिङ प्रि–बुकिङ अफरमा उपभोक्ताको अत्याधिक आकर्षण भएकैले तोकिएको अवधी नसकिंदैं प्रि–बुकिङ अफर रोक्नु परेको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताएका छन् ।
स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । जसको आम उपभोक्ताले खुलेर प्रसंसा गरे तथा नथिङ विश्व बजारमा इन्नोभेटिभ स्मार्टफोनको रुपमा सहजै स्थापित भएको छ ।
‘ट्रान्सप्यारेन्ट ब्याक डिजाईन र ग्लिफ लाईटिङ भएको फोनको रुपमा नथिङ टाढैबाट सहजै चिनिने स्मार्टफोन हो,’ माहाप्रबन्धक विनय जोशी भन्छन्, ‘जसलाई नथिङले आफ्नो नयाँ सेरिज फोन थ्रि मा निरन्तर कायम राखेको छ । आफ्नो अधिल्लो सेरिजको डिजाईन ल्याङ्ग्वेजलाई पछ्याउँदै नथिङ्ले नयाँ सेरिज फोन थ्रि मा थप परिमार्जन र डिजाईन अझ परिस्कृत तुल्याएको छ ।’
हालै नेपाली बजारमा उपलब्ध भएको नथिङ फोन थ्रि ए डिजाईन थप प्रिमियम देखिएको छ । फोनको पछिल्लो भागमा थपिएको एउटा क्यामेराले फोनको डिजाईनलाई अझ उत्कृष्ठ देखाएको छ भने अधिल्लो सेरिजमा प्रयोग गरिएको ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याक प्यानलले प्रतिस्थापन गर्दा फोन अझ बढी प्रिमियम र क्लासी फिल दिएको छ ।
५००० मिलिएम्पीयरको ब्याट्री र ५० वाटको वायरलेस चार्जिङको कम्विनेसन भएको नथिङ फोन थ्रि ए मा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले प्रदान गरिएको छ । चारै तिर समान र निक्कै कम बेजल भएको यो डिस्प्लेले बजारमा प्रचलनमा रहेका कुनै पनि फ्ल्यागसिप स्मार्टफोनको डिस्प्लेसँग सजिलै प्रतिस्पर्धा गर्न सक्षम रहेको छ । ३२ मेगापिक्सेलको सेल्फि क्यामेरा, ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाईड क्यामेरा भएको नथिङ फोन थ्रि ए ले खिच्ने फोटो निक्कै क्रिप्स, क्लियर र नेचुरल हुन्छ । फोर के भिडियो खिच्न सक्ने नथिङ फोन थ्रि ए मा दिइएको अप्टिकल इमेज स्टेबलाईजरका कारण खिचिएको भिडियो प्रोफेसनल क्वालिटीको हुन्छ ।
एण्डरोईड १५ अपरेटिङ सिस्टममा आउने नथिङ फोन थ्रि ए मा नथिङले थप तिन जेनेरेसनको ओएस अपग्रेडेसनको वाचा गरेको छ । ४ न्यानोमिटरको निक्कै पावरफुल र अप्टिमाईज्ड गरिएको स्न्यापड्रागन जेन ७ एस प्रोसेसर प्रयोग गरेको नथिङ फोन थ्रि ए ८ जिवि र्याम र १२८ जिवि स्टोरेज वा १२ जिवि र्याम र २५६ जिवि स्टोरेज अप्सनमा नेपाली बजारमा उपलब्ध गराईएको हो ।
फ्ल्यागसिप ग्रेडको परफर्मेन्स र फिचर भएको नथिङ फोन थ्रि ए मूल्यमा भने मिडरेन्ज सेग्मेन्टमा पर्छन् । त्यसैले किफायती मूल्यमा प्रिमियम स्मार्टफोन चाहने टेक स्याभी यूवा उपभोक्ताको पहिलो रोजाईमा सँधै नथिङ पर्दै आएको छ । नेपाली बजारमा नथिङ फोन थ्रि ए ब्लु, ब्ल्याक र ह्वाईट गरि तिन कलर अप्सनमा उपलब्ध रहेका छन् भने यसको सुरुवाती भेरियन्टको मूल्य ४८ हजार ९४९ रुपैंया तोकिएको छ ।