आईतवार, फाल्गुन ३,२०८२ 07:13:27
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 07:13:27
Bizshala
Global IME Bank Limited

४१ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी, सूचीमा भुटान समेत समावेश

४१ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी, सूचीमा भुटान समेत समावेश
Shivam Cement

काठमाण्डौ । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौं देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । यसको जानकारी समाचार एजेन्सी रोयटर्सले यस मामिलासँग परिचित स्रोत र ज्ञापनलाई उद्धृत गर्दै दिएको हो।

रिपार्टका अनुसार अमेरिकाले ४१ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ। पहिलो समूहमा १० देश समावेश छन्। जसमा अफगानिस्तान, भुटान, इरान, सिरिया, क्युवा र उत्तर कोरिया र अन्य देशहरू पर्छन्। उनीहरुको भिसामा पूर्ण प्रतिबन्ध लगाइने बताइएको छ ।

दोस्रो समूहमा पाँच देशको नाम समावेश छ। यसमा इरिट्रिया, हाइटी, लाओस, म्यानमार र दक्षिण सुडान पर्छन्। यी देशहरूले आंशिक निलम्बनको सामना गर्नेछन् । जसले पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसालाई असर गर्नेछ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

तेस्रो समूहमा जम्मा २६ देश समावेश छन्। जसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान लगायतका केही देशहरू पर्छन्।

यदि यी देशका सरकारले ६० दिनभित्र कमजोरी सच्याउन पहल गरेनन् भने ती देशहरूलाई भिसा जारी गर्न आंशिक प्रतिबन्ध लगाउने जनाइएको छ । यस सूचीमा परिवर्तन हुन सक्ने रिपोर्टमा जनाइएको छ । यो सूची अमेरिकी प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.