काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको मुद्दामा मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने बताएका छन् । ट्रम्पले उक्त अवसरमा ववादित भूमिको मुद्दामा कुरा गर्ने बताए । यस्तै उनले पावर प्लान्टहरूको बारेमा समेत छलफल गर्ने बताए ।
अमेरिकी राष्ट्रपतिका अनुसार युक्रेन र रुसबीच धेरै विषयमा धेरै वार्ता समेत भएको छ ।
ट्रम्पले भने, ‘हामी यो वार्तापछि घोषणा गर्न केही छ कि छैन हेर्नेछौं।’ट्रम्पको यो भनाइ साउदी अरेबियामा अमेरिका र युक्रेनका प्रतिनिधिबीचको वार्तापछि आएको हो । साउदी अरेबियामा भएको बैठकपछि युक्रेनले ३० दिनका लागि तत्काल युद्धविराम गर्ने अमेरिकाको प्रस्तावमा सहमति जनाएको छ ।
रुस र अमेरिकाबीचको युद्ध अन्त्य गर्ने दिशामा यो पहिलो कदम हुनेछ । वास्तवमा अमेरिकाले केही समयदेखि रुस र युक्रेनबीच युद्धविराम गराउने प्रयास गरिरहेको छ र यसका लागि रुसलाई मनाउन खोजिरहेको छ ।
राष्ट्रपति ट्रम्पले जनवरी २०२५ देखिआफ्नो दोस्रो कार्यकाल सुरु गरेका हुन्। त्यसपछि ट्रम्प र पुटिनबीच यो दोस्रो पटक वार्ता हुनेछ।
यसअघि फेब्रुअरीमा ट्रम्प र पुटिनबीच वार्ता भएको थियो । सो क्रममा दुवै नेता युक्रेन युद्ध अन्त्यका लागि उच्चस्तरीय वार्ता सुरु गर्नुपर्नेमा सहमत भएका थिए ।