सोमबार, चैत्र ३,२०८१ 08:36:29
IME remit
  • सोमबार, चैत्र ३,२०८१ 08:36:29
IME remit
Global IME Bank Limited

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोलि बाँडफाँड हुँदै

Hyundai Nepal
क्रेष्ट माइक्रो लाइफको आईपीओ भोलि बाँडफाँड हुँदै
Nabil Bank Limited

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोलि(चैत ५ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ चैत ५ गते कम्पनीकै कार्यालयमा बिहान ८ः३० मा बाँडफाँड हुनेछ  ।  

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा बढी आवेदन परेको छ । अन्तिम दिनसम्ममा कम्पनीको सेयरमा कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता सेयरका लागि आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेका कारण उक्त आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको आईपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रूपैयाँ बराबरको सेयर माग भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

कम्पनीको आइपीओमा आवेदन दिएका आवेदकहरुमध्ये १८ लाख ६४ हजार भन्दा बढीको हात खाली हुने भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.