काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई अस्वीकार गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि ऊर्जा पूर्वाधारमा हुने आक्रमण मात्रै रोक्न सहमत भएका हुन् । ट्रम्पको टोलीले हालै साउदी अरेबियामा युक्रेनीहरूसँग सहमति गरेर सम्भव भएको एक महिना लामो युद्धविराममा पुटिनले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
उनले युक्रेनसँगको विदेशी सैन्य सहायता र गुप्तचर आदानप्रदान बन्द भएमा मात्रै व्यापक युद्धविराम सम्भव हुने बताए । यद्यपि युक्रेनका युरोपेली सहयोगीहरूले विगतमा पनि त्यस्ता शर्तहरूलाई अस्वीकार गर्दै आएका छन्।
तीन वर्ष लामो यो युद्धमा रुसले हालै ६ महिनाअघि युक्रेनी आक्रमणका क्रममा कब्जा गरेको कुर्स्क क्षेत्रको भूभाग फिर्ता लिइरहेको छ । गत साता साउदी अरबमा अमेरिकी प्रतिनिधिहरूसँगको वार्तामा युक्रेनले अमेरिकाको ३० दिनको युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो ।