बिहीबार, बैशाख ११,२०८२ 09:29:58
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 09:29:58
IME remit
Global IME Bank Limited

लाइसेन्स नै प्राप्त नगरेको कम्पनीलाई आरटीएसको जिम्मा, नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सूचीकरणमा बिलम्ब

Hyundai Nepal
लाइसेन्स नै प्राप्त नगरेको कम्पनीलाई आरटीएसको जिम्मा, नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सूचीकरणमा बिलम्ब
Nabil Bank Limited

काठमाण्डौ। नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको एक साताभन्दा बढी बितिसक्दा पनि नेप्सेमा अझै सूचीकृत हुन सकेको छैन ।

सर्वसाधारणलाई आईपीओ जारी गरि सेयर बाँडफाँड सम्पन्न भई न्यूनतम एक साताभित्र नेप्सेमा सूचीकृत भइसक्नुपर्नेमा कम्पनीको सेयर दोस्रो बजारमा अझै कारोबारमा आउन सकेको छैन ।  

फागुन २३ गते सेयर बाँडफाँड सम्पन्न भएको उक्त कम्पनीको सेयर दोस्रो बजारमा अझै कारोबारमा आउन नसक्दा लगानीकर्ताहरुको लगानी होल्ड हुन पुगेको छ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओ बाँडफाँडपश्चात् कम्पनीले सेयरसम्बन्धी सम्पूर्ण कार्य गर्न सेयर रजिष्ट्रार समेत नियुक्त गर्न सकेको छैन ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

स्रोतका अनुसार कम्पनीले आरटीएसको लाइसेन्स नै प्राप्त नगरेको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गर्न खोजिरहेको छ । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकरले मर्चेन्ट बैंकरको काम गर्न सेबोनबाट गत कात्तिक ८ गते लाइसेन्स पाएको थियो । तर कम्पनीले हालसम्म सेयर रजिष्ट्रारको रुपमा काम गर्न भने लाइसेन्स प्राप्त गरिसकेको छैन ।  

स्रोतका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई नै सेयरसम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मेवारी दिन लागेकाले आईपीओ सूचिकरणको काम ढिला भईरहेको छ ।  

हिमालयन इन्भेष्टमेन्ट बैंकरका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सको सेयर रजिष्ट्रारको काम गर्न प्रस्ताव आएपनि लाइसेन्स नै नआएकाले सो सम्बन्धी प्रक्रिया अघि बढाउन सकिएको छैन । साथै, केही दिनभित्रै सेयर रजिष्ट्रारको रुपमा समेत काम गर्न लाइसेन्स प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  

नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्रनाथ रिमालले कागजी प्रक्रियाले गर्दा आईपीओ सूचीकरणको काम ढिला भएको बताएका छन् ।  

Muktinath Bikas Bank Limited

‘आईपीओ सूचीकरणका लागि पहिला सेयर रजिष्ट्रार नियुक्त गर्नुपर्ने हुन्छ, तर अहिलेसम्म सो सम्बन्धी सम्झौता हुन सकेको छैन’ उनले भने, ‘हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गर्ने भन्ने कुरा त हो तर फाइनल नै भइसकेको छैन ।’

उनले कागजी प्रक्रियाले आईपीओ सूचीकरणको काम ढिला भएको र केही दिनमा नै सो सम्बन्धी प्रक्रिया सकाउने भनि कुरा टारेका छन् । स्रोतका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई नै नियुक्त गर्न तयारी गरेको छ । तर हिमालयन इन्भेष्टमेन्टले लाइसेन्स प्राप्त गरिनसकेका कारण आईपीओ सूचीकरणको काम अड्किएको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.