बुधबार, चैत्र २०,२०८१ 08:01:19
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 08:01:19
IME remit
Global IME Bank Limited

म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको सिईडिबि होल्डिङको आगामी यात्रा कस्तो ?

Hyundai Nepal
म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको सिईडिबि होल्डिङको आगामी यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । सिईडिबि होल्डिङ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को लगानी समूहमा सूचीकृत एक पब्लिक लिमिटेड कम्पनी हो । यो कम्पनी जलविद्युत उत्पादनमा सहयोग गर्ने उद्देश्यले स्थापित कम्पनी हो । यो कम्पनी आइएसओ ९००१ प्रमाणित कम्पनी हो ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६० करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको कुल पूँजी १ अर्ब ६३ करोड ४६ लाख पुगेको छ । कम्पनीको खुद मुनाफा २० करोड ९५ लाख रुपैयाँ रहेको छ ।  

यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी ४०.५१ पैसा रहेको छ । यो भनेको आघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले बढी हो । कम्पनीको बुक भ्यालु १५८ रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ४.५७ प्रतिशले कम हो । कम्पनीको रिटर्न अन इक्विटी २५.६३ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनमा २५२ प्रतिशतले बढी हो ।  

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्सः  

यो इन्डेक्समा यो कम्पनीको सेयरमूल्य न्यूट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयरमा कम्पनीको आकर्षण सामान्य रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य २४२८ रुपैयाँ रहेको छ भने न्यून मूल्य ६७३ रुपैयाँ रहेको छ । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयरमूल्य २६० प्रतिशतले बढेको छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल तल्लो ब्याण्डबाट फर्केर मध्य ब्याण्डमाथि लागेको छ । म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको अवस्था छ । केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम नकारात्मक रहेता पनि छोटा–छोटा हुँदै गएका छन् । यसले सम्भाबित रुपमा बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । आरएसआई र मनीफ्लो इन्डेकसमा ‘डब्लु प्यार्टन’ बनेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २५१७

प्रतिरोध २ – २४०४

प्रतिरोध १–  २३३२

पिभट् प्वइन्टः २२२४

घटेमा सपोर्ट  

सपोर्ट १– २१५९

सपोर्ट २– २०४५

सपोर्ट  ३ –१९८०

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी राम्रै देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खूद मुनाफा र प्रतिसेयर आम्दानीमा उल्लेखनिय सुधार आएको छ । कम्पनीको रिटर्न अन इक्विटीमा पनि सृुधार आएको देखिन्छ भने बुक भ्यालु भने सामान्य घटेको छ । यस हिसाबले आधारभूत रुपमा कम्पनी ठीकै देखिन्छ ।  

प्राविधिक रुपमा हेर्दा कम्पनीको सेयर भ्यालु बिस्तारै अप ट्रेन्डमा देखिन्छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भ्यालुमा अप ट्रेन्ड देखिन्छ । डाउ थेउरीबाट नियाल्दा हालसम्म कम्पनीको सेयर भ्यालुले हायर हाई र हायर लो का सिरिसजहरु बनाएको दखिन्छ । यसकारण ट्रेन्डलाइनबाट नियाल्दा पनि कम्पनीको सेयर भ्यालु अप ट्रेन्डमा नै देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.