शनिबार, श्रावण २,२०८३ 01:23:32
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 01:23:32
Bizshala
Global IME Bank Limited

बीमा क्षेत्रमै पहिलोपटक सूर्यज्योती लाईफले ल्यायो ‘डिजिटल कार्ड’ सेवा, ई–कर्जाको पनि सुरुवात

बीमा क्षेत्रमै पहिलोपटक सूर्यज्योती लाईफले ल्यायो ‘डिजिटल कार्ड’ सेवा, ई–कर्जाको पनि सुरुवात
New Office

काठमाण्डौ । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै पहिलोपटक ‘सूर्यज्योती केयर्स डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ गरेको छ ।  

कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै यो सेवा शुभारम्भ गरेको हो ।

सोमबार ललितपुरको होटल हिमालयनमा आयोजित विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका हुन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमित र बीमा अभिकर्ताहरुका लागि यो सेवा शुभारम्भ गरेको बताए । ‘नयाँ प्रविधिलाई जोड दिदी हामीले यो सेवा शुभारम्भ गरेका छौ’ उनले भने, ‘अहिलेको लागि ४२ वटा विभिन्न क्षेत्रमा बीमित र अभिकर्ताहरुले सुर्यज्योती केयर्स कार्डबाट सुविधा लिन सक्नुहुनेछ बिस्तारै अझै धेरै सेवा प्रदायकहरुसङग समझदारी गर्नेछौ ।’

कम्पनीका अनुसार बीमित र अभिकर्ताहरुले रेष्टुरेन्ट, अस्पताल, जिम सेन्टर, पार्लर, लगायत विभिन्न ४२ वटा निकायमा सेवा प्राप्त गर्न सक्नेछन।  

साथै, सीईओ खत्रीले बीमा क्षेत्रलाई सर्वसुलभ, प्रभावकारी र डिजिटल बनाउने उद्देश्यले यस्ता नवप्रवर्तन अघि ल्याइएको बताए। उनका अनुसार सूर्यज्योतिले यो कार्डमार्फत बीमित ग्राहकलाई डिजिटल माध्यमबाट सेवा पहुँच दिनेछ ।

त्यस्तै कम्पनीले ल्याएको ‘इ–कर्जा’ सेवाबाट बीमितहरुले सहज ढंगबाटै कर्जा माग गर्न सक्ने उनले बताए । ूबीमितहरुले अब अनलाईनमार्फत नै रु.५० हजार अर्थात पोलिसी रकमको ९० प्रतिशत सम्म कर्जा लिन सक्नुहुनेछ’ उनले भने,‘यसको लागि बीमितहरुले पोलिसी खरिद गरि बीमाशुल्क भुक्तानी गरेको तीन वर्ष भएको हुनुपर्नेछ भने कर्जाको ब्याजदर कम्पनीले तोकेबमोजिम सहुलियत नै हुनेछ ।’  

यो सेवाले तत्कालिन आर्थिक आवश्यकतामा सहज ऋण सुविधा प्रदान गर्ने उनले बताए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.