बुधबार, माघ २३,२०८१ 09:39:50
IME remit
  • बुधबार, माघ २३,२०८१ 09:39:50
IME remit
Global IME Bank Limited

लघुबीमा कम्पनीहरुको मुद्दती निक्षेपमा रु. ३ अर्ब लगानी, व्यवसाय विस्तारसँगै अन्य क्षेत्रमा लगानी गर्ने योजना

Hyundai Nepal
लघुबीमा कम्पनीहरुको मुद्दती निक्षेपमा रु. ३ अर्ब लगानी, व्यवसाय विस्तारसँगै अन्य क्षेत्रमा लगानी गर्ने योजना
Nabil Bank Limited

काठमाण्डौ । लघुबीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल २ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा तीन लघु जीवन बीमा र तीन निर्जीवन लघु जीवन बीमा कम्पनीले करिब ३ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका हुन् ।  

नेपाल बीमा प्राधिकरणले जारी गरेको लघुबीमा लगानी निर्देशिका बमोजिम लघुबीमा कम्पनीहरुले मुद्दती निक्षेप, सरकारको बचतपत्र तथा ऋणपत्र, सूचीकृत सेयर, अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्र  जस्ता विभिन्न क्षेत्रमा लगानी गर्न पाउछन् ।  

जीवन र निर्जीवन बीमा कम्पनीको तुलनामा लघुबीमा कम्पनीहरुको लगानीको सीमा कम छ । लघुबीमा कम्पनीको हालको कायम चुक्तापुँजी ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । पुँजी कम भएकाले सोही अनुसारकै लगानी सीमा निर्धारण गरिएको प्राधिकरणले जनाएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

लघुबीमा कम्पनीहरुले हाल बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा मात्रै लगानी गर्दै आएका छन् । प्राधिकरणका अनुसार लघु जीवन बीमा कम्पनीहरुले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा मात्रै लगानी गरेका छन् भने निर्जीवन लघुबीमा कम्पनीहरुले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।  

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले कुल लगानीको २५ प्रतिशत रकम सरकारको बचतपत्र तथा ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था छ । साथै वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा ३० प्रतिशत रकम, विकास बैंकमा १० प्रतित र वित्त कम्पनीमा ५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ ।  

साथै राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा ३० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको बण्ड डिबेञ्चर र ऋणपत्रमा १० प्रतिशत र नागरिक लगानी कोष र म्युचुअल फण्डमा ५ प्रतिशत सम्म रकम लगानी गर्न पाउने व्यवस्था छ ।  

प्राधिकरणले लघुबीमा कम्पनीलाई विभिन्न लगानीका क्षेत्रहरु तोकिदिएपनि कम्पनीहरुले मुद्दती निक्षेपमा मात्रै लगानी गरेका छन् । यस वर्ष मात्रै औपचारिक व्यवसाय सुरु गरेका कारण लघुबीमा कम्पनीहरुले हालको लागि मुद्दती निक्षेपमा मात्रै लगानी गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए ।  

‘लघुबीमा कम्पनीहरुको व्यवसाय भर्खरै सुरु भएको छ, विस्तारै बिजनेश ग्रोथ हुँदै गइरहेको छ, सबै क्षेत्रमा लगानी गर्न पर्याप्त पुँजी छैन त्यसकारण हालको लागि बैंकहरुको मुद्दती निक्षेपमा मात्रै लगानी गरेका छौं’ उनले भने, ‘कम्पनीको व्यवसाय बृद्धिसँगै लगानीका क्षेत्रहरु सूचीकृत सेयरमा लगानी, अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर तथा म्युचुअल फण्डहरुमा लगानी गर्नेछौं ।’  

यता क्रेष्ट माइक्रोलाइफका सीईओ प्रताप मान श्रेष्ठले पनि बिजनेशको आधारमा लगानी बढाउँदै लैजाने बताएका छन् । प्राधिकरणले लघु बीमा कम्पनीको लगानी निर्देशिका संशोधन गर्दै सूचीकृत सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ । व्यवसाय बढाउँदै लगानीको दायरा पनि थप्दै जाने सीईओ श्रेष्ठले बताए ।  

लघु जीवन बीमा कम्पनीको लगानी  

लघु जीवन बीमा कम्पनीहरुले मात्रै चालु आवको दोस्रो त्रैमाससम्म बैंकहरुको मुद्दती निक्षेपमा १ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ लगानी गरेका छन् ।  

सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ५० करोड ६२ लाख रुपैयाँ कमर्सियल बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफले ५० करोड १० लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ४९ करोड रुपैयाँ लगानी गरेको छ ।  

नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लघुबीमा कम्पनीहरुले लघुबीमा व्यवसाय सञ्चालनका लागि जुटाउनुपर्ने पुँजी बैंकहरुको मुद्दती निक्षेपमा राखिएको गार्डियन माइक्रो लाइफका सीईओ भण्डारीले बताए ।  

निर्जीवन लघुबीमा कम्पनीको लगानी  

हाल तीन निर्जीवन लघुबीमा सञ्चालनमा छन् । नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो र स्टार माइक्रो इन्स्योरेन्सले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै लगानी गरेका छन् ।  

जसमा सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सले ४७ करोड ४५ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४७ करोड ३५ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ४६ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ ।  

व्यवसाय विस्तारसँगै विभिन्न क्षेत्रमा लगानी बढाउँदै जाने नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्र नाथ रिमालले बताए । ‘लघु निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तारै ग्रोथ भइरहेको, तत्कालै अन्य क्षेत्रमा लगानी गर्न पुँजी पर्याप्त छैन’ उनले भने, ‘व्यवसाय बढ्दै गएपछि कम्पनीको पुँजी बृद्धि समेत बढ्न जान्छ, मुद्दती निक्षेप मात्रै नभई अन्य क्षेत्रमा समेत लगानी गर्नेछौं ।’

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.