शनिबार, असार १४,२०८२ 10:45:13
  • शनिबार, असार १४,२०८२ 10:45:13
Global IME Bank Limited

सूर्यज्योति लाइफद्वारा २९.५७ करोड खुद नाफा आर्जन, बीमाशुल्क पनि साढे ७ अर्ब माथि

Hyundai Nepal
सूर्यज्योति लाइफद्वारा २९.५७ करोड खुद नाफा आर्जन, बीमाशुल्क पनि साढे ७ अर्ब माथि
Nabil Bank Limited

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेको बीमाशुल्क आर्जन र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ७ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.८५ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब ३७ करोड बीमाशुल्क आर्जन गरेको थियो ।    

बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफा समेत बढेको छ । अघिल्लो आवमा २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा भने २९ करोड ५७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । चालु आवमा आर्जन गरेको खुद नाफा अघिल्लो आवको तुलनामा ३१.८९ प्रतिशतले बढी हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ६ अर्ब ९७ करोड रुपैयाँबराबर  खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ८ अर्ब ३८ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यस्तै कुल आम्दानी पनि ८ अर्ब ८९ करोडबाट वृद्धि भएर १० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।  

कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ६ करोड ९ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा गिरावट आएको छ । अघिल्लो आवमा १ अर्ब १५ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ४२ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ३९ करोड १९ लाख रुपैयाँबराबरको रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९३६.५७ रुपैयाँ र पीई अनुपात ५५.९० गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.