बुधबार, भाद्र १८,२०८२ 07:05:40
  • बुधबार, भाद्र १८,२०८२ 07:05:40
Global IME Bank Limited

ट्यारिफ घटाउने सम्झौताको घोषणा गर्दै अमेरिका र बेलायत

Hyundai Nepal
ट्यारिफ घटाउने सम्झौताको घोषणा गर्दै अमेरिका र बेलायत
Shivam Cement

काठमाण्डौ । अमेरिका र बेलायतले आज कर घटाउने सम्झौताको घोषणा गर्ने भएका छन् । गत महिना राष्ट्रपति ट्रम्पले विश्वका लगभग सबै देशमा कर लगाएपछि बेलायत सरकारले कर घटाउने सम्झौताको खोजी गरिरहेको थियो ।  

यस्तोमा दुई देशबीच ट्यारिफको विषयमा सम्झौता हुन लागेको हो । आजको अपेक्षित घोषणा बेलायत र भारतले व्यापार सम्झौताको घोषणा गरेको केही दिनपछि आएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिका बेलायतको सबैभन्दा ठूलो एकल व्यापार साझेदारको रुपमा रहदै आएको छ । बेलायतबाट अमेरिकाले २०० बिलियन युरोबराबरको आयात गर्दै आएको छ ।  

गत वर्ष मूल्यको आधारमा बेलायतको सबैभन्दा ठूलो वस्तु निर्यातमा कार र औषधिहरू थिए ( त्यसैले ती क्षेत्रहरूका लागि कुनै पनि ट्यारिफ छुटहरू महत्त्वपूर्ण हुने जनाइएको छ ।  

राष्ट्रपति ट्रम्पले विश्वव्यापी ट्यारिफको लहर जारी गरेदेखि बेलायत अमेरिकासँग यस प्रकारको सम्झौताको लागि हताश थियो। यस्तोमा बेलायत अमेरिकासँग ट्यारिफ छुटको विषयमा सम्झौता गर्ने पहिलो देश बनेको छ ।  

हाल अमेरिकाले स्टिल, आल्मुनियम र कारहरूमा २५ प्रतिशत ट्यारिफ लगाएको छ । यस्तै विश्वव्यापी १० प्रतिशत ट्यारिफ भने सबै देशमाथि लगाइएको छ । बेलायतको  व्यापार समूहले व्यापार घोषणालाई स्वागत गरेको छ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.