शनिबार, असार १४,२०८२ 03:29:19
  • शनिबार, असार १४,२०८२ 03:29:19
Global IME Bank Limited

कुल आम्दानी घट्दा प्रभु इन्स्योरेन्सको नाफामा ४८% को कमी

Hyundai Nepal
कुल आम्दानी घट्दा प्रभु इन्स्योरेन्सको नाफामा ४८% को कमी
Nabil Bank Limited

काठमाण्डौ । कुल आम्दानी घट्दा प्रभु इन्स्योरेन्स कम्पनीको नाफामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २० करोड २ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८.८४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको नाफा ३९ करोड १४ लाख रुपैयाँ थियो ।  

कम्पनीको खुद बीमाशु्ल्क आर्जन भने २.५७ प्रतिशतले बढ्दै ४७ करोड ६३ लाख पुगेको छ । यद्यपी कम्पनीको कुल आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आवमा १ अर्ब ९ करोड रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ७२ करोड ६१ लाख मात्रै कुल आम्दानी गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

खर्च नियन्त्रण गर्न भने कम्पनी सफल देखिएको छ । कम्पनीको कुल खर्च १७.५५ प्रतिशतले घट्दै ४४ करोडमा सीमित बनेको छ । अघिल्लो आवमा २२ करोड २२ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिमा यस शीर्षकमा १६ करोड १७ लाख खर्चिएको छ ।  

यस्तै कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३६ करोड, महाविपत्ती कोषमा ११ करोड ५३ लाख र रिटेन्ड अर्निङमा २९ करोड १ लाख रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्म कम्पनीले ९४ हजार ९१९ वटा बीमा पोलिसी जारी गरेको छ भने २९ हजार ८१२ वटा पोलिसी नविकरण गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१८.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४७५ रुपैयाँ र पीई रेसियो ४९ गुणा कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.