काठमाण्डौ । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । जोसे मुजिकालाई ‘पेपे’ भनेर चिनिन्थ्यो। सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपति रहेका पूर्व छापामार नेता मुजिका आफ्नो सादा जीवनका लागि विश्वको ‘गरीब राष्ट्रपति’ भनेर चिनिन्थ्यो।
उरुग्वेका वर्तमान राष्ट्रपति, यामान्डु ओर्सीले एक्समा जोसे मुजिकाको मृत्युको बारेमा जानकारी दिँदै लेखे, ‘तपाईंले हामीलाई दिनु भएको सबै कुराको लागि र तपाईंका जनताप्रतिको गहिरो मायाको लागि धन्यवाद।’
पूर्व राष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने अझै स्पष्ट भइसकेको छैन, यद्यपि उनी अन्ननलीको क्यान्सरबाट पीडित थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।