काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार पाँच सयले बढेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य २५ रुपैयाँले वृद्धि भएर प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।