काठमाण्डौ । नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि होन्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ।
होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय Asian Honda Motor Co., Ltd. ले थाई रेडक्रस सोसाइटीमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो।
बाढीबाट प्रभावित क्षेत्रमा जारी उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको होन्डाले जनाएको छ।
होन्डाले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्र र समुदायको यथाशीघ्र पुनःस्थापना होस् भन्ने कामना गरेको छ।
बैंकक, थाइल्यान्डमा रहेको Asian Honda Motor Co., Ltd. ले होन्डाको एसिया तथा ओसियाना क्षेत्रका गतिविधिको क्षेत्रीय मुख्यालयका रूपमा काम गर्दै आएको छ। कम्पनीले विपद्का बेला प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।