बुधबार, माघ २३,२०८१ 01:33:58
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:33:58
IME remit
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलले ७ औं वार्षिकोत्सवका अवसरमा ल्यायो ७ वटा सेवामा बम्पर अफर योजना

Hyundai Nepal
एनआईसी एशिया क्यापिटलले ७ औं वार्षिकोत्सवका अवसरमा ल्यायो ७ वटा सेवामा बम्पर अफर योजना
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालनमा आएको सातवर्ष पुरा गरेको छ । क्यापिटलको ७ औंं वार्षिकोत्सवका अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको ७ वटा प्रमुख सेवाहरुमा‘सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर” योजना सार्वजनिक गरेको छ ।  

उक्त योजनाहरु फागुन २२ गतेदेखि २०८१ बैशाख ११ गतेसम्म सञ्चालनमा रहने क्यापिटलले जनाएको छ । क्यापिटलले प्रदान गर्ने अफरहरु निम्न बमोजिम रहेका छन्ः  

Bizshala
CG Motors
Sagarmatha Cement

१. लगानी व्यवस्थापन सेवाअन्तर्गत  

लगानीव्यवस्थापन सेवाअन्तर्गत ग्राहकहरुलाई न्यूनलागतमाउच्चकोटिको सेवा प्रदानगर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्कमा ७ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना २०८१ बैशाख ११ गतेसम्म मात्र सञ्चालनमा रहनेछन् ।

२. एनआईसी एशिया म्युचुअल फण्ड सेवाअन्तर्गतः

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालितपहिलो खुलामुखी योजना“एनआई सी एशिया डाइनामिक डेप्ट फण्ड”को सिस्टेम्याटिक इन्भेष्टमेन्ट प्लान(सीप)मा फागुन २२ देखि मिति २०८१ बैशाख ११ गतेसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले रु.५०० बराबरको क्यापिटलको तर्फबाट सीप रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई सीप बुस्टरको सुविधा उपलब्ध गराईनेछ ।

३. संस्थागत परामर्श सेवाअन्तर्गतः

एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत ‘आईडिया टु आईपीओ’सेवा सञ्चालन गरिरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमामिति फागुन २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र रु.७ मा‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत आईपीओ जारी गर्ने तहसम्म पु¥याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।  

४. डिम्याट खाता सेवाः

हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता”अभियानअन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्ताको लागि मात्र रु.७०० मा ‘लाइफ टाइम डिम्याट रिनिवल’योजना सार्वजनिक गरेको छ ।  

५. मेरो सेयर सेवाः

हाल क्यापिटलले मेरो  शेयर खाता सुविधाअनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउदै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमाआजको मितिले एक हप्तासम्मको लागिमात्र“रु.७०० मा ‘लाइफ टाइम मेरो सेयर रिनिवल’योजना सार्वजनिक गरेको छ ।  

६. निःशुल्क डिम्याट खाता सेवा 
 

क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइन मार्फत मिति २०८१ आषाढ मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने । 

७. सेयर रजिष्ट्रार सेवा अन्तर्गत 
 

हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौंं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मात्र रु.७०० मा पहिलो एउटा कम्पनीलाई ‘ओटीसी मार्केट्स’मा सूचिकरण गरिदिने छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.