काठमाण्डौ । बेलायत, फ्रान्स र क्यानडाले इजरायललाई गाजामा भएको आक्रमण तत्काल रोक्न आग्रह गरेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टारर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।
यस विज्ञप्तिमा तीन नेताहरूले भनेका छन्, ‘यदि इजरायलले आफ्नो नयाँ सैन्य अभियान रोकेन र मानवीय सहायतामा लगाइएको प्रतिबन्ध हटाएन भने, हामी प्रतिक्रियामा ठोस कदम चाल्नेछौं।’
यी नेताहरूले अक्टोबर ७ मा बन्धक बनाएका इजरायलीहरूलाई रिहा गर्न हमासलाई अपिल पनि गरेका छन्। उनले थप भने, ‘हामीले इजरायलको आतंकवाद विरुद्ध आफ्ना नागरिकको रक्षा गर्ने अधिकारलाई सधैं समर्थन गरेका छौं। तर यो बढ्दो हिंसा पूर्णतया गलत हो।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                